मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

थारु गीत गाएरै चर्चित गायक परियारलाई मिल्यो सफलता

महमूद आलम खान 1133+ समाचार ( )
४ कार्तिक २०७८, बिहीबार

नेपालगन्ज । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरका थारु गायक विश्वसागर परियारलाई थारु गीत गायनबाट चर्चा कमाउन सफल भएका छन् ।

बाँकेको विकट क्षेत्र सुगम जिल्लाको दुर्गम बस्तिमा जन्मेका चर्चित थारु गायक परियारले थारु गायनलाई आफुले चर्चामा ल्याएको दावी गर्नुहुन्छ । पछिल्लो समय जताततै विश्वसागर कै गीत गुन्जनुले आफुलाई थारु संस्कृतिलाई जगेर्ना गर्ने झन हौसला थपेको बताउनुहुन्छ । 

थारु गीत संगितबाटै यस क्षेत्रमा हजारौ दर्शकको मन जित्न सफल भएको पाउँदा आफुलाई खुसी भएको महसुस हुनेगरेको गायक परियारले बताउनुभयो । थारु गाउँमा जन्मेहुर्केका गायक परियार थारु गीतलाई निरन्तरता दिने र थारु कला संस्कृतिलाई बचाउने हरसम्भव प्रयत्नरत रहने बताउनुहुन्छ ।

पछिल्लो समय थारु गितमा थारु भाषाको अपमान हुँदैछ उहाँले भन्नुभयो, थारु गितमा पनि अचेल अन्य भाषा शब्दहरु मिसाएका हुन्छन यसमा मेरो सहमत नरहेको उहाँले बताउनुभयो । थारु भाषाको गितमा भोजपुरी, हिन्दी, नेपाली समेत भाषा शव्द प्रयोग गरिन्छ यो सब थारु भाषालाई अपमान गर्ने गरेको उहाँले भन्नुभयो ।

दुई दर्जन बढि थारु गीत संगितमा स्वर दिईसकेका गायक परियार कहाँ जाइतो गोरी लचकाइके कमरिया बोलको गीतबाट आफ्नो गायन क्षेत्रलाई सुरुवात गर्नुभएको थियो । गायक परियार पछिल्लो समयमा थारु गीतलाई प्रथामिकता दिदै थारु गायकको रुपमा स्थापित हुनुभएको छ ।

थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहनु भएका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच समेत रहेको दावी गर्नुहुन्छ । पछिल्लो समयमा थारु कला संगितमा नयाँ युवा पुस्तालाई समेत भित्राउने उहाँले बताउनुभयो ।

आफु परियार भएकैकारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्नेगरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ । अहिलेको युवा पुस्तालाई मध्यनजर गरेर जस्तोसुकै बर्गलाई लक्षित गरी गायनलाई थप उर्जा बनाउने सोचकासाथ अगाडि बढेको गायक परियारले बताउनुहुन्छ । गायक परियार थारु भाषा र संस्कृतीलाई आसाध्यै माया गर्ने बताउँदै भन्नुहुन्छ ‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिएँ र अरुले मलाई अझ थारु गीत संगितमा अरुको साथ पाउने जिकिर गर्नुहुन्छ ।

आफु परियार भएकैकारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्नेगरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ । थारु संस्कृतिको वेग्लै कथा छ म सधै थारु संस्कृतिलाई माया गर्ने र संस्कृति बचाउनतिर लाग्ने दावी गर्नुहुन्छ गायक परियार ।

गायनतर्फ गाउँबस्ती शहरमा मेरै चर्चा भैरहेको सुन्दा आफुलाई थारु समुदायमा केही गरेकोजस्तो महशुस हुनेगरेको गायक परियारले बताउनुहुन्छ । गायक परियार गायक मात्र नभई मोडेलको भुमिकामा समेत अभिनय गरिसक्नुभएको छ । परियार यसअघि दुईवटा थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिका निर्वाह गरिसक्नुभएको छ । थारु फिल्म बन्दीदी र प्रेमके बस्ति नामक फिल्ममा उहाँको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार