मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नरैनापुरमा विद्युतको पोल र ट्रान्सफर्मरको समस्या एक महिना भित्रै समाधान गर्ने उर्जा मन्त्री बस्नेतको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

नरैनापुर । उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १ महिना भित्रमा बाँकेको नरैनापुरमा विद्युतको पोल र ट्रान्सफर्मरको समस्या समाधान हुने बताउँनुभएको छ । 

नरैनापुर गााउपालिका र वडा नं. १ को कार्यालयले मंगलबार छुट्टाछुट्टै आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा काम सूचारु गर्ने प्रतिबद्धता जनाउदै उहाँले नरैनापुरमा उर्जा जल स्रोत तथा सिचाईको सबै प्रकारको समस्या समाधान गर्न तर्फ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

माओबादी केन्द्रको तिन महिने अभियानको क्रममा नरैनापुरमा  प्रशिक्षण दिन पुग्नु भएका मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनु भएको थियो । 

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्त्री बस्नेतलाई स्वागत गर्दै नरैनापुरको विबासका लागि १२ सय वटा विद्युतका पोल,१८ वटा ट्रान्सफर्मर,१८ वटा डिप बोरिङ्ग,केरुनिया खोला र सौरी नालामा तटबन्ध निर्माण,सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा कार्य सूचारु गर्न, राप्ती नदिमा तटबन्ध निमार्ण, र नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्का स्थापना गर्न मन्त्री बस्नेतलाई माग पत्र हस्तान्त्रण गर्नु भएको थियो । 

यसै गरी वडा नं. १ का अध्यक्ष इसाक जोलाहले शौर्य उर्जा सहितको वोरिङ्गको व्यवस्था गरी दिन मन्त्री बस्नेत संग आग्रह गर्नु भएको थियो । 

नरैनापुर गाँउपालिकाले गरेका स्वागत कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल बहादुर केसी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना,संविधान सभा सदस्य अशोक रोकाय, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद शाह, ४ का अध्यक्ष मनोज शर्मा, वडा सदस्यहरु,नेकपा माओबादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे,सचिव डिल्ली बराल, नेता प्रकाश सुबेदी, दामोदर अधिकारी, कस्मीरा खातुन, नरैनापुर गाँउपालिकाको महिला विकास शाखा प्रमुख कृष्ण चन्द, लेखापाल प्रकाश अधिकारी, जिन्सी शाखा प्रमुख भरत महतो लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार