मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बागमती प्रदेशमा डेङ्गुबाट २७ जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ ।
६ असार २०८०, बुधवार

काठमाडौं । चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ ।

डेङ्गुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए ।

बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेङ्गुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उहाँले यस्तो बताए ।

कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार छ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए ।

अध्ययनअनुसार डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्याङ्कीमा पाइएको थियो । त्यस्तै पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटरलगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ । फेला परेकामध्ये आठ सय ४५ एडिस एजिप्टाइ छ ।

घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेङ्गुु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेङ्गुुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र, मन्त्रालयका डा रविन भुसाल, किरण श्रेष्ठलगायतले अध्ययनले डेङ्गु रोगको प्रभाव र यसका विरुद्ध चाल्नुपर्ने कदमजस्ता क्षेत्रमा नीतिगत र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताए ।

कार्यक्रममा मकवानपुर र चितवनका विभिन्न स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार