मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जानकी–५ बनिया गाउँमा १ करोड ५० लाखको लागतमा सडक तथा नाली निर्माण सुरु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२७ फाल्गुन २०८२, बुधवार
बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ अन्तर्गत बनिया गाउँ भित्रका सम्पूर्ण कोलिया बाटो, मुख्य सडक, नाली, ढक्कन ढलान तथा जीर्ण पोल जडानसहितको निर्माण कार्य औपचारिक रूपमा शिलान्यास गरिएको छ।
मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष राम प्यारी यादव तथा वडा नं. ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले संयुक्त रूपमा सडक तथा पूर्वाधार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।
कुल १ करोड ५० लाख रुपैयाँ लागतमा सुरु गरिएको उक्त निर्माण कार्यको ठेक्का श्री आर जे कन्स्ट्रक्सन, नारायण–०१ दैलेखले पाएको छ । लुम्बिनी प्रदेश सरकारको समपुरक योजनाबाट सुरु गरिएको यो निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न अध्यक्ष खाँले ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खाँले निर्वाचन सम्पन्न भएलगत्तै पालिकाको विकास निर्माण कार्यलाई तीव्रता दिइएको बताउनुभयो । उहाँले पालिकाभित्रका सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उल्लेख गर्नुभयो ।
त्यस्तै वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले वडाभित्रका साना–ठूला सबै सडकको निर्माण आफ्नो कार्यकालमै सम्पन्न गर्ने लक्ष्यका साथ योजना अघि बढाइएको बताउनुभयो। उहाँले बनिया गाउँका सडक निर्माणले स्थानीय बासिन्दालाई आवागमनमा ठूलो सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कान्ति काँदु, सरिफ खान, प्रजेश आले, बिबस श्रेष्ठ, शिया यादव, दिपक भुज्वालगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार