मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु - नेता पुन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरि प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानबिनका लागि आफू तयार रहेको बताए ।
१५ श्रावण २०८०, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछेको भन्दै आपत्ती जनाएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे । उनले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरि प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानबिनका लागि आफू तयार रहेको बताए ।

उनले भने- ‘आठ वर्ष पहिलोको पारिवारिक खालको फोटोलाई राखेर हो, हो जस्तो अहिले सँगै खाएको जस्तो देखाएको छ । जसमा मेरो आपत्ति छ । आम शुभचिन्तकसँग भावनात्मक चोट पुगेको पनि छ । नेताहरू यसरी बेठीक मान्छेसँग संगत गर्दो रैछन् भन्ने कुरा म माफी चाहन्छु । ममाथि राज्यको कुन निकाले छानबिन गर्नुपर्छ गरोस्, । र, दोषी ठहरिए भने सजय भोग्न तयार छु । 

सुन प्रकरण लगायत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनले बताए । उनले पदाधिकारी बैठकमा पनि आफूले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

पुनले संसदीय समिति, न्यायिक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए ।

फरक प्रसङ्गमा पुनले माओवादी नेताहरू एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार