मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइँदै

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
नरैनापुरको लेक (अग्लो डाँडो) मा रहेको गोर्वधनधाम, बाबा बर्फानी, सन्तानेश्वर र शैयद नूर खलिफालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने
१५ पौष २०८१, सोमबार

बाँके ‌। बाँके १५ पुस ‌। बाँकेको नरैनापुर गाउँपालिकामा रहेको धार्मिक स्थलहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने भएको छ ।

नरैनापुर गाउँपालिकाले गोर्वधनधाममा आज सोमबार आयोजना गरेको पर्यटन प्रबर्द्धन कार्यक्रमलाई सम्वोधन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नरैनापुरको लेक (अग्लो डाँडो) मा रहेको गोर्वधनधाम, बाबा बर्फानी, सन्तानेश्वर र शैयद नूर खलिफालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागि परेको बताउदैं उहाले भन्नुभयो, बाटोको निर्माण सक्दो छिटो गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

आश्रमबारे मेडिकल कलेजका संचालक एवं बैकुण्डधाम संचालक समितिका अध्यक्ष डा। सुरेश कनोडियाले भन्नुभयो, ‘अग्लो डाँडो छ । चारैतिर हेर्दा असाध्यै रमणीय र मनमोहक ठाउँ छ । मनै प्रफुल्ल बनाउने वातावरण छ ।’ डाक्टर कनोडियाले आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुहरुले सहयोग गर्ने बताउनु भयो ।

नरैनापुर ४ खोदवाबाट जंगलको कच्ची बाटोमा खोला नाला हुँदै अग्लो डाँडामा गोर्वधनधामको आश्रम छ । जहाँ बाबाले झन्डैै ३ सयभन्दा बढी गाई पाल्नु भएको छ । 

नरैनापुरले आयोजना गरेको पर्यटन प्रबर्द्धन कार्यक्रममा गोर्वधनधाममा बाँके र भारतका गरि ५ सय भन्दा बढीले अवलोकन गरेको नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य र वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, मिथिला सेवा समाज नेपालगंज, श्री जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजका पदाधिकारीहरु र नरैनापुरका स्थानीयहरुको सहभागिता रहेको विपद शाखा प्रमुख भरत महतोले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार