मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

बाँके । नेपाल पुलिस क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा पाहुना टोली भारतको सिलिगुडी फुटबल क्लबलाई पराजित गरेको छ । दोस्रो दिनको खेलमा सिलिगुडी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । 

पहिलो हाफमा ४–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा सिलिगुडीमाथि दबाब बढाई रहे पनि गोल थप्न भने सकेन । पुलिसको तर्फबाट निर्मला उपाध्यायले २ तथा कप्तान निरु थापा र मिना देउवाले १–१ गोल गरेका थिए ।  म्यान अफ द म्याच पुलिसकी निर्मला भइन् । 

प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ । 

बाँके जिल्ला फुटबल संघसंगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ । पहिलो दिनको खेलमा शुक्रवार त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम एफसीलाई ४–० ले पराजित गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार