मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

इमाम हुसैनको सम्झनमा बाँकेमा ३ दर्जन यूवाहरुले गरे रक्तदान

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
पहिलो पटक रक्तदान गरेका मौलाना कलिम आरफीले भन्नुभयो, इस्लामलाई बचाउन इमाम हुसैनाले बगाएको रगतको सम्झनमा मुस्लिमहरुले नियमित रक्तदान गर्ने बताउदै उहाँले भन्नुभयो, रक्तदान गरेर अरुको जीवन बचाउनु भन्दा ठूलो मानवता अरु केही नरहेकोले रक्तदान गर्न सबै संग अपिल गर्नु भयो ।
१९ श्रावण २०७९, बिहीबार

बाँके । इमाम हुसैनको सम्झनमा नेपाल मोर्हम समिति धम्बोझीद्वारा बिहिबार आयोजित रक्तदान कार्यक्रम तिन दर्जन यूवाहरुले रक्तदान गरेका छन् । 

नेपालगंजस्थित रक्तसञ्चार केन्द्र परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा हिन्दु र मुस्लिम यूवाहरुले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रम मोर्हम समितिका अध्यक्ष मेराज अहमद हिमालको अध्यक्षताका सुरु भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन कादरी, हाजी अब्दुल हमीद सिद्धिकि, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका केन्द्रीय अध्यक्ष एंव प्रेस सेन्टर नेपालका लुम्बीनी प्रदेश सचिव तथा मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खान, मौलाना मन्सुर आरफी, मौलाना कलीम आरफि, एमालेकि नेतृ रचना श्रेष्ठको उपस्थितीमा रक्तदान भएको थियो । 

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य हारुन कादरीले भन्नुभयो, हाम्रो जस्तो विकसित मुलुकमा रक्तदानको महत्वबारे थाहा नहुँदा आज पनि मानिसमा रक्तदानलाई लिएर कयौ भ्रम छ । उनीहरु सोच्छन्, रक्तदान गर्नाले शरीर कमजोर हुन्छ, स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ भन्ने मन्याताका कारण रक्तदान गर्नेहरुको संख्या न्यून रहेको बताउदै अब मुस्लिम समूदायबाट बृहत रक्तदान गर्ने अभियान संचालन गरिने जिकिर गर्नु भयो । 

यस्तै मुस्लिम पत्रकार क्लबका अध्यक्ष एंव अधिकारकर्मी आलम खानले, सीमित जनशक्तिले पनि प्रादेशीक रक्त संचार केन्द्रले यस क्षेत्रमा रगतको अभाव हुन नदिन गरेको कामको प्रशंसा गर्नुभयो । आवश्यकता अनुसार रगत पु¥याउन कठिन देखिएको छ । जसले गर्दा रक्तदान अभियानलाई अझै व्यापक र संस्थागत बनाउन आवश्यक रहेको अधिकारकर्मी खानको भनाई थियो । खानले भन्नुभयो– ‘रक्तदान गर्ने संस्कृतिलाई अझै बढाउँदै लग्नुपर्ने देखिन्छ ।’ 

कार्यक्रममा रक्त संचार केन्द्रका प्रादेशीक संयोजक उपेन्द्र रेग्मीले मुस्लिम समूदायबाट रक्तदान गर्ने संस्कृतिको सुरुवता हुनु सकारात्मक रहेको बताउदै नियमित रुपमा रक्तदान गर्ने बातावरण बनाउन आग्रह गर्नु भयो । 

कार्यक्रमका पहिलो पटक रक्तदान गरेका मौलाना कलिम आरफीले भन्नुभयो, इस्लामलाई बचाउन इमाम हुसैनाले बगाएको रगतको सम्झनमा मुस्लिमहरुले नियमित रक्तदान गर्ने बताउदै उहाँले भन्नुभयो, रक्तदान गरेर अरुको जीवन बचाउनु भन्दा ठूलो मानवता अरु केही नरहेकोले रक्तदान गर्न सबै संग अपिल गर्नु भयो । 

कार्यक्रमको अध्यक्षता गर्नु भएका मेराज अहमद हिमालले शहर देखि गाँउ सम्म रक्तदान गर्ने अभियान संचालन गर्ने बताउदै रक्तदान गरेकाहरुलाई सम्मान पत्र प्रदान गरेको बताउनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार