मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग - आईजीपी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बचाउने क्रममा बल प्रयोग गरिएको बताएका हुन् । साथै उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने बताए ।

‘उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ । बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो,’ उनले भने ।

फिल्डमा खटिएका प्रहरीले ठिक गरे वा नगरेको भन्ने प्रश्नमा उनले अनुसन्धानबाट स्पष्ट हुने बताए । ‘उहाँहरू (प्रदर्शनकारी) १३ गते बिहान बिनालिडर उत्रनुभयो । साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग ग¥यो । ११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो,’ उनले भने, ‘त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन । त्यहाँ सामान्य विवाद मन्त्रीसँग भयो ।’

महानिरीक्षक कुँवरले मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पु¥याएको जानकारी दिए । ‘तीन हजार युवा कसैको कमान्डबिना आएका थिए’, उनले भने ।

शुक्रबार कोरिया जानका लागि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर असफल भएकाहरुले गरेको प्रदर्शनका क्रममा बालकुमारीमा भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको थियो । सो क्रममा आक्रोशित युवाहरुले मन्त्री र उनका पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगजनी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार