मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

कोरोना र बाघ आतंकले भुवर भवानी माघी मेला अन्यौलमा, जिल्ला प्रशासनले अनुमति दिएन

महमूद आलम खान 1133+ समाचार ( )
राज्यले भिडभाड नगर्ने भनेको छ, भने एकातीर राप्ती सोनारीमा बाघ आतंक मच्चिएको छ ।
२६ पौष २०७८, सोमबार

बाँके । बढ्दो कोरोना संक्रमण र बाघ आतंकको कारण राप्ती सोनारी ३ मा माघीको अवसरमा लाग्ने मेला अन्यौलमा परेको छ । नेपालगन्जमा शनिवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परे, बढ्दो कोरोना संक्रमणलाई मध्य नजर गर्दै देश भरीका स्कुल बन्द गर्न भनिएको छ । राज्यले भिडभाड नगर्ने भनेको छ, भने एकातीर राप्ती सोनारीमा बाघ आतंक मच्चिएको छ । 

बाघ आतंक र कोरोना कहरलाई बेवास्ता गर्दै भुवर भवानी मेलाको तयारी जारी छ । बाघले विभिन्न स्थानमा गरी राप्ती सोनारी क्षेत्रमा मात्रै ४ जनाको ज्यान लिइसकेको छ । जंगलको बिचमा रहेको भुवर भवानी मन्दिर परिसरमा राती लाग्ने मेलाले जन मानशमा त्रास पैदा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले मेला बारे आफुलाई कुनै जानकारी नभएको र मेला बारे अनुमती दिन गाह्रो रहेको उल्लेख गरे । पत्रकार संगको कुराकानीमा उनले भने माथीबाट आदेश आउने वित्तिकै भिडभाड मेला महोत्सव सबै बन्द गरिने छ । यस बिषयमा आफुहरुलाई सुरक्षा गरिदिने बारे कुनै खालको औपचारिक जानकारी नआएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज सई मुकुन्द सिग्देलले बताए ।

सुरक्षा नीति बनाउन छ, गलत क्रियाकलाप, जुवा जाँड रक्सी रोक्ने र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको कर्तव्य भएको बताउँदै आधिकारिक चिठी नआउँदा ठेकेदार संग छलफल गर्न नपाएको सई सिग्देलको भनाई थियो । पछिल्लो एक सातामा बाघले दुइ जनाको ज्यान लिएको र धेरै पटक मानिसहरुलाई झम्टिने गरेकोले सुरक्षाको दृष्टिकोणले पनि जोखिम रहेको समेत इन्चार्ज सिग्देलको भनाई थियो । ३ लाख ५२ हजारमा टेण्डर पाएका ठेकेदार बालेन वलीले भने मेलाको सम्पुर्ण तयारी पुरा भएकोले मेला लाग्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार