मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

सिंहदरबारमा कोरोना भाइरस महामारीको त्रास, ४ सचिव संक्रमित

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ ।
२ माघ २०७८, आइतबार

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो ।

प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई कोरोना भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू होमआइसोलेसनमा छन् ।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार कोरोना संक्रमण भएका कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार