मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

भेरी अस्पतालमा अब एमडी र एमएसको पढाई हुने

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।
१५ चैत्र २०७९, बुधवार

सिराज खान 

बाँके । पश्चिम नेपालका तीन प्रदेशका बिरामीका लाग रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।

सो स्वीकृति प्राप्त भएसँगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डा. बद्री चापागाईँले बताउनुभयो । उहाँका अनुसार सङ्घीय अस्पताल भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन पाएका थिएनन् । 

यो स्वीकृतिपछि वीर अस्पतालमा एमडी/एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरूले भेरी अस्पतालमा गर्ने डा. चापागाईँले बताउनुभयो । 

भेरी अस्पतालको मातहतमा उनीहरूले एमडी/एमएसको अध्ययन पूरा गर्ने जनाउँदै उहाँले यसबाट भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने दाबी गर्नुभयो । 

एमडी डाक्टरले बिरामीलाई गुणस्तरीय सेवा दिने भएपछि शैक्षिक एवम् अनुसन्धानका गतिविधिहरू बढ्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले बताउनुभयो । 

न्याम्सको आङ्गिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गत फागुन २२ गते भेरी अस्पतालका प्रमुख डा. चापागाईँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउनुभएको थियो ।

त्यसको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि सञ्चालनका लागि भेरी अस्पताललाई स्वीकृति दिएको डा. रिसालले जानकारी दिनुभयो । 

भेरी अस्पतालमा केही समय अघि केही विषयहरूमा एमडी/एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिए पनि त्यो नियमित हुन सकेको थिएन ।

कोभिड महामारीपछि सो अस्पतालले आफ्नो सेवा प्रवाहलाई निरन्तर गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ । 

पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको अस्पतालका वरिष्ठ फिजिशियन डा. राजन पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार