मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बैजनाथमा ८२ करोडको बजेट सार्वजनिक

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
११ असार २०८२, बुधवार

बाँके । बैजनाथ गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो।

यस वर्षको बजेटमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। साथै, विगतदेखि सञ्चालनमा रहेको लोकप्रिय कार्यक्रम “किसानसँग पालिका प्रमुख” का लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उपाध्यक्ष रोकायले बताउनुभयो।

गाउँसभा बैजनाथ गाउँपालिकाको सभाहलमा सोमबार दिउँसो २ बजे सुरु भएको थियो। सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको थियो। बजेट प्रस्तुत गर्नु अघि प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पुर्ब प्रसाद जैसी, प्रशासन प्रमुख तप्तराज आचार्य र आन्तरिक लेखा परीक्षक उपेन्द्र ढुंगानाले बजेटको सुटकेस उपाध्यक्ष रोकायलाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि उपाध्यक्ष रोकाय सभामा प्रवेश गर्नुभएको थियो।

सभामा गाउँसभा सदस्यहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रममा प्रशासन प्रमुख तप्तराज आचार्यले सभा सुरु भएको जानकारी दिनुभएको थियो।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा समावेश प्राथमिकताहरूलाई आगामी वर्षको कार्ययोजनाको मेरुदण्डको रूपमा लिइएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार