मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नरैनापुरमा एमालेको शक्ति प्रदर्शन, तीनै क्षेत्रमा उम्मेदवारसहित चुनावी सभा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१५ माघ २०८२, बुधवार

बाँके । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बुधबार नरैनापुरमा भव्य चुनावी सभा आयोजना गरेको छ। बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने नरैनापुरमा आयोजित सभामा एमालेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सूर्य ढकाल, क्षेत्र नम्बर २ मा मोहम्मद ईश्तियाक राई तथा क्षेत्र नम्बर ३ मा सुमन मल्ल चुनावी प्रतिस्पर्धामा रहेका छन्। उम्मेदवारसहित आयोजित सभामा सहभागी नेताहरूले विकास, सुशासन र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदवार मोहम्मद हारुन हल्वाईले एमालेले मात्रै देशलाई स्थायित्व र विकासको दिशामा लैजान सक्ने दाबी गरे। यस्तै, केन्द्रिय सदस्य एवम् प्रदेश सांसद बसन्ती अधिकारीले बाँकेका जनताको समस्यालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइने बताइन्।

स्थानीय कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न सभाले नरैनापुर क्षेत्रमा एमालेको चुनावी अभियानलाई थप ऊर्जा दिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार