मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

विभिन्न प्रस्ताव पारित गर्दै जानकी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
२९ पौष २०८०, आइतबार

बाँके । जानकी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । अर्धवार्षिक प्रगति समीक्षा गर्दै १५औं गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष सभाध्यक्ष छब्बन खाँले उद्घाटन गरेको १५औं गाउँसभामा प्रवक्ता टीकानाथ यादवले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँसभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । करार कर्मचारीहरुको व्यवस्थापन, आ।व। २०८०र८१ को योजना तथा कार्यक्रम संशोधन एवम रकमान्तर, पालिका स्तरीय योजना अनुमोदन, जानकी गाउँपालिकाको ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका पास, गाउँ कार्यपालिकाका र विषयगत निर्णयहरु अनुमोदन, अध्यक्ष कोषबाट स्वीकृत योजना अनुमोदन, विषयगत समितिका संयोजकहरु हेरफेर, राजश्व सम्बन्धित पत्राचार, नक्सापास र सम्पत्ति कर सम्बन्धमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

जानकीले चालू आर्थिक वर्षमा हालसम्म चालू खर्च २६।८८ प्रतिशत र पूँजीगत खर्च १२।८८ प्रतिशत रहेको जनाएको छ । गाउँसभामा प्रस्तुत प्रगति विवरणमा ३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा करिव साढे ८६ लाख राजश्व उठेको उल्लेख छ ।

गाउँसभामा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, पत्रकार लगायत उपस्थित थिए । बाँके जिल्लामै उत्कृष्ट घोषित स्वास्थ्य शाखालाई गाउँसभामा सम्मान गरिएको थियो भने सेवा निवृत्त वडा नम्बर ४ का तत्कालीन सचिव शिबबहादुर थापालाई सम्मान गरिएको थियो । गाउँसभाको उद्घाटन सत्रको संचालन वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र बाजपेयीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार