मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

विभिन्न प्रस्ताव पारित गर्दै जानकी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२९ पौष २०८०, आइतबार

बाँके । जानकी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । अर्धवार्षिक प्रगति समीक्षा गर्दै १५औं गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष सभाध्यक्ष छब्बन खाँले उद्घाटन गरेको १५औं गाउँसभामा प्रवक्ता टीकानाथ यादवले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँसभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । करार कर्मचारीहरुको व्यवस्थापन, आ।व। २०८०र८१ को योजना तथा कार्यक्रम संशोधन एवम रकमान्तर, पालिका स्तरीय योजना अनुमोदन, जानकी गाउँपालिकाको ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका पास, गाउँ कार्यपालिकाका र विषयगत निर्णयहरु अनुमोदन, अध्यक्ष कोषबाट स्वीकृत योजना अनुमोदन, विषयगत समितिका संयोजकहरु हेरफेर, राजश्व सम्बन्धित पत्राचार, नक्सापास र सम्पत्ति कर सम्बन्धमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

जानकीले चालू आर्थिक वर्षमा हालसम्म चालू खर्च २६।८८ प्रतिशत र पूँजीगत खर्च १२।८८ प्रतिशत रहेको जनाएको छ । गाउँसभामा प्रस्तुत प्रगति विवरणमा ३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा करिव साढे ८६ लाख राजश्व उठेको उल्लेख छ ।

गाउँसभामा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, पत्रकार लगायत उपस्थित थिए । बाँके जिल्लामै उत्कृष्ट घोषित स्वास्थ्य शाखालाई गाउँसभामा सम्मान गरिएको थियो भने सेवा निवृत्त वडा नम्बर ४ का तत्कालीन सचिव शिबबहादुर थापालाई सम्मान गरिएको थियो । गाउँसभाको उद्घाटन सत्रको संचालन वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र बाजपेयीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार