मुख्य समाचार
विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक | बास नेपालको २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न | भ्रष्टाचार बिरुद्ध चौथो नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न | ठेकेदारको लापरबाहीले नरैनापुरको प्रशासकीय भवन अलपत्र | रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति | अस्पतालमा बिग्रिएका ३ सयभन्दा बढी स्वास्थ्य उपकरण आविष्कार केन्द्रले बनायो | मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने | पत्रकार महासंघ निर्वाचन ः रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता | नेपालगन्ज वाकाथनको चौथो संकरणको तयारी पुरा | नेपाल पत्रकार महासंघमा रोचक भीडन्त : गठबन्धनमा भाँडभैलो र स्वतन्त्र उम्मेदवारीको चुनौती |

दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण, ८ जना घाइते

महमूद आलम खान 1131+ समाचार ( )
लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।
९ वैशाख २०७९, शुक्रबार

दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।

उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए । प्रहरीका अनुसार लमही नगरपालिका- ५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही बस्नै ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएको थापाले बताए ।

घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार