बाँके । मिथिला सेवा समाज, नेपालगञ्ज बाँकेको प्रथम स्थापना दिवस निलसागर आश्रम र मानव सेवा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई खाना खुवाएर मनाउने तयारी गरिएको समाजका संस्थापक सचिव एंव नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले बताए ।
मेची देखी महाकाली सम्म छरिएर रहेका मिथिला क्षेत्रका मधेशीहरुलाई संगठित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेमा आज आइतबार दर्ता भएको समाजले माघेसंक्रान्ति पर्वको शुभकामना आदानप्रदान, सेवा निवृत्त भएकाहरुलाई सम्मान र आश्रममा सोमबार खाना खुवाउने कार्यक्रम रहेको सचिव महतोले जानकारी दिए ।
सामाजिक क्षेत्रमा सेवामूलक, सीपमूलक कार्यक्रम गर्दै आगामी दिनमा जिल्लामा एक संगठित समाजको रुपमा स्थापित गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको समाजका अध्यक्ष राम लोचन शाहले जिकिर गरे ।
समाजका अध्यक्ष राम लोचन शाहले सम्पूर्ण मधेशी जातिको शैक्षिक, सामाजिक, सांस्कृतिक अवस्थालाई उठाउँदै अघि बढ्ने बताए ।
सोमवार हुने कार्यक्रम ५ सय बढी मिथिला बासीहरुको सहभागिता रहने कार्यक्रमलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, लगायतले सम्बोधन गर्ने सचिव महतो जानकारी दिए ।