मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्रअन्तर्गत आज केन्द्रीय समितिका लागि उम्मेदवारहरूको दरखास्त फारम वितरण, उम्मेदवारी मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुने भएको छ।

नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत निर्वाचन समितिलाई दिइएको अधिकार अनुसार उम्मेदवारीका आकांक्षीहरूले आज बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म दरखास्त फारम दर्ता गर्न सक्ने कार्यतालिका छ। यसअघि केन्द्रीय निर्वाचन आयोगले बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।

दिउँसो २:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारविरुद्ध उजुरी दिन दिउँसो २:३० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार