मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मुगुको गमगढीस्थित तल्लो बजारमा भएको आगलागीमा ५० करोडभन्दा बढी क्षति

महमूद आलम खान 1132+ समाचार ( )
करिब १७ करोड रुपैयाँ बराबरको घरभित्रको सामान र घर गरी ५० करोड बराबरको क्षति
३० कार्तिक २०७८, मङ्गलबार

मुगु । मुगुको गमगढीस्थित तल्लो बजारमा खान पकाउने सिलिण्डर ग्यास बिस्पोट हुने डरले आगो नियन्त्रण नगर्दा ठूलो रुप लिएको पाइएको छ । सोमबार राति १२ः३१ बजे ठील्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका १७ घर र चार टहरा पूर्ण रुपले क्षति हुँदा ५० करोडभन्दा बढी क्षति भएको छ । घर भित्र भण्डारण गरिएका सिलिण्डर ग्यास विष्फोट हुने डरले आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको आगो नियन्त्रणमा जुटेका स्थानियले बताएका हुन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले करिब १७ करोड रुपैयाँ बराबरको घरभित्रको सामान र घर गरी ५० करोड बराबरको क्षति भएको जानकारी दिए ।

पूजा कोठाको दियोबाट सल्केको आगो देखा पर्ने बित्तिकै स्थानियले आगो निभाउन खोजेपनि घरधनीले घर भित्र खान पकाउने ग्यास सिलिण्डर रहेको जानकारी दिएपछि आगो निभाउन गएका डराएका थिए । आगलागि भएका घरमा रहेका पसल पूर्णरुपले क्षति भएको र घरभित्र रहेका सिलिण्डरहरु विष्फोट भइसकेपछि मात्र आगो नियन्त्रणमा थियो ।

तल्लो बजारमा रहेको लामाको घर सहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादुर शाही, छत्त बहादुर मःल्ल कुसलाला सावद, पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाही सुभाष मल्लको घर पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर भट्टराईले जानकारी दिएका छन्। आगो नेपाल प्रहरी, शस्त्र नेपाली सेना र स्थानियले बुधबार बिहान ४ बजे नियन्त्रणमा ल्याएका थिए ।

आगो लागेर घरबारविहीन भएकाका लागी जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षीय बैठकले पीडितहरुलाई तत्काल राहतका लागी क्षति विवरण संकलन गर्नुका साथै जिल्लास्थित गैर सरकारी संस्था तथा अन्य सरोकारवाला निकायलाई राहत उपलब्ध गराउन अनुरोध गरेको छ ।

कर्णाली प्रदेश सरकारले समेत तत्काल खाद्यान्न तथा गैर खाद्य सामग्री उपलब्ध गर्ने जानकारी आफूलाई पुगेका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागी पीडितलाई राहत लिएर जाने घटनास्थल जाने भएका छन् ।

मुख्यमन्त्री शाहीका स्वकीय सचिव राजबहादुर रोकायाकाअनुसार खाद्यान्न, भाँडाकुँडा, पाल, लत्ता कपडासहित घटनास्थलमा जान लागेको जानकारी दिए ।

यसअघि मुख्यमन्त्री शाहीले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार