बाँके । नेपाल सितोरियो कराँते संघको आयोजनामा नरैनापुर डोजो प्रथम ग्रिडिङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न समूहका गरी ३६ जनालाई ग्रेडिङ गरी पदक र सम्मान पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ग्रेडिङको पदक प्रदान गर्दै कराँते खेलले व्यक्तिलाई आत्म रक्षा गर्नुका साथै शरीरिक र मानसिक रुपमा समेत स्वस्थ्य बनाउने बताउनुभयो ।
नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै यहाँका खेलाडी राष्ट्रियस्तरका खेलाडी बन्नुपर्ने बताउनुभयो ।
खेलका प्रशिक्षक कृष्ण चौधरीले एक जनाबाट शुरु गरिएको कराँते खेलप्रतिको आकर्षण बढ्दै गएर अहिले दैनिक खेलाडीको संख्या बढ्दै जानु उत्कृष्टताको नमूना भएको बतानुभयो ।
नरैनापुर ६ कि वडा सदस्य रिहान मुकेरी, विधालय व्यवस्थापन समितिका अध्यक्ष अलि अहमद मुकेरी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
बिहानदेखि शुरु भएको कार्यक्रम अपराह्रान्न सम्म चलेको थियो । कार्यक्रममा सबै खेलाडीको अभिभावक, स्थानीय समाजसेवी, खेलप्रेमी लगायतको सहभागिता रहेको प्रमुख प्रशिक्षक नरहरिनाथ योगीले जानकारी दिनु भयो ।