मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नरैनापुरमा आयोजित कराँतेको ग्रेडिङ सम्पन्न

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
नेपाल सितोरियो कराँते संघको आयोजनामा नरैनापुर डोजो प्रथम ग्रिडिङ कार्यक्रम सम्पन्न भएको छ ।
१ पौष २०७९, शुक्रबार

बाँके । नेपाल सितोरियो कराँते संघको आयोजनामा नरैनापुर डोजो प्रथम ग्रिडिङ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न समूहका गरी ३६ जनालाई ग्रेडिङ गरी पदक र सम्मान पत्र प्रदान गरिएको छ । 

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ग्रेडिङको पदक प्रदान गर्दै कराँते खेलले व्यक्तिलाई आत्म रक्षा गर्नुका साथै शरीरिक र मानसिक रुपमा समेत स्वस्थ्य बनाउने बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै यहाँका खेलाडी राष्ट्रियस्तरका खेलाडी बन्नुपर्ने बताउनुभयो ।

खेलका प्रशिक्षक कृष्ण चौधरीले एक जनाबाट शुरु गरिएको कराँते खेलप्रतिको आकर्षण बढ्दै गएर अहिले दैनिक खेलाडीको संख्या बढ्दै जानु उत्कृष्टताको नमूना भएको बतानुभयो ।

नरैनापुर ६ कि वडा सदस्य रिहान  मुकेरी, विधालय व्यवस्थापन समितिका अध्यक्ष अलि अहमद मुकेरी लगायतले  शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिहानदेखि शुरु भएको कार्यक्रम अपराह्रान्न सम्म चलेको थियो । कार्यक्रममा सबै खेलाडीको अभिभावक, स्थानीय समाजसेवी, खेलप्रेमी लगायतको सहभागिता रहेको प्रमुख प्रशिक्षक नरहरिनाथ योगीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार