मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

डाक्टर बिनोद कर्णको ११ बुदे प्रतिबद्धता पत्र सार्वजनिक

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
प्रदेशसभा सदस्य उम्मेद्वार डा. कर्णले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै देशको ऐतिहासिक सदभाब कायम रहेको यस क्षेत्रमा स्वतन्त्रै भएपनि उम्मेद्वारी दिन पाउदा गर्व महसुस भएको बताउनुभयो ।
२५ कार्तिक २०७९, शुक्रबार

बाँके । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएको छ । चुनाबी माहोल तातिएसंगै राजनीति दलहरु तथा स्वतन्त्र उम्मेद्वारहरु आ आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मत माग्न जनताको घरदैलोमा व्यस्त देखिएका छन् ।

चिकित्सक पेशालाई छाडेर प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ (ख) मा स्वतन्त्र उम्मेद्वारी दिनुभएका डा. बिनोद कर्णले आफ्नो चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । चिकित्सक पेशालाई छाडेर चुनाबी मैदानमा होमिनुभएको बाँके क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य स्वतन्त्र उम्मेद्वार डा. कर्णले आफ्नो क्षेत्रमा सुशाशन तथा भ्रष्टचार निवारण, रोजगारी (युवा लक्षित), नशा मुक्त बाँके, शिक्षा (गुणस्तरीय तथा परिमार्जित), स्वास्थ्य (सर्वसुलभ तथा परिमाजित), सरसफाई तथा बातावरण, पर्यटन तथा संस्कृति, किसानमुखी कृषि, खेलकुद, पुर्वाधार तथा दिगो बिकास, बिबिध लगायत ५ वर्षको अवधिमा आफूले गर्ने कामको खाकासहित ११ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रदेशसभा सदस्य उम्मेद्वार डा. कर्णले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै देशको ऐतिहासिक सदभाब कायम रहेको यस क्षेत्रमा स्वतन्त्रै भएपनि उम्मेद्वारी दिन पाउदा गर्व महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो “ बाँके क्षेत्र नं २ ख लाई बनाउन भन्दा पहिले सर्धान आवश्क छ । यहाँको बिकासको लागि पात्र परिर्वतन गर्न जरुरी छ । बाँके क्षेत्र नं २ ख नेपालगन्जका जनताले अमुल्य मतदान गरि बिजयी बनाएर संसद, मन्त्री, प्रधान मन्त्रीको कुर्सीमा बसाएका पात्रहरु जनताको हितका लागि नरहेको प्रदेशसभा सदस्य उम्मेद्वार डा. कर्णले बताउनुभयो । “बर्षौदेखी हेपाहामा पारिएको यो सहरले राजनीति गर्नेहरुका लागि धेरै कुरा दियो तर यहाँका जनताले बिजयी गराएर कुर्सीमा बसेका पात्रहरुले यस क्षेत्रलाई कहिलै केही दिन सकेन उहाँले भन्नुभयो ।

जनताको भावना र भबिष्यसंग राजनीति गर्नेहरुले नै देश अहिले यो अवस्थामा रहेको उहाँले दाबी गर्नु भयो । जनताले थुप्रै गुनासा र आशा अपेक्षाले यो क्षेत्रको अवस्था बदल्न चुनेर पठाएको उम्मेद्वाहरुले पटक पटक जनतालाई झुक्याउने गरेकोले यस क्षेत्रको बिकास गर्न पहिले यहाँको अवस्था सुधार्नुपर्ने उहाँको भनाई रहेको छ । “गर्मीले अक्रान्त भएका यहाँका जनताले आफ्नो वरिपरी हरिया बोट बिरुवा खोजेको थियो होला । आफ्नो परिवारमा कोही अस्वस्थ भई उपचारमा सारा सम्पति रिताएको परिवारले स्वास्थ्य उपचारमा हुने महङ्गी कम भइदिए हुनेथियो भन्ने आशा राखेका थिए होला, बिपन्न परिवारमा हुर्किएको परिवारले बिद्यालयमा निशुल्क राम्रो शिक्षाको अपेक्षा गरेका थिएहोला । बृद्ध आमाबुवाले बुढेसकालमा साहारा बनेको छोरा छोरीका लागि खाडी मुलुकमा जान नपर्ने स्रोतको अपेक्षा गरेका थिए होला । राजनीतिमा बिलुप्त भएका नेताहरुले जनताको आवाज र अपेक्षालाई कुल्चेर यहाँको लागि कहि गर्न सकेनन् उहाँले भन्नुभयो । ”

प्रदेशसभा सदस्य निर्वाचनमा जनताले आफुलाइ बहुमतले बिजयी गराए आफ्नो क्षेत्रमा हुने हरेक सानादेखी ठुला समस्या समाधान गर्ने बताउर्दै जनताले यस क्षेत्रको बिकास हेर्न र गुनासो सुनाउन अर्को निर्वाचन पर्खन नपर्ने प्रदेशसभा सदस्य उम्मेद्वार डा. कर्णले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार