मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

भ्रष्टाचार बिरुद्ध चौथो नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

बाँके । भ्रष्टाचार बिरुद्ध २१ औं अन्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । 

बिगत चार बर्ष देखि भईरहेको वाकाथनको चौथो संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा सम्पन्न भएको हो । 

नेपालगञ्जको गणेशमान चौकबाट बिहान ८.०० बजे शुरु भएको वाकाथन बिपि चौक, त्रिभुवन चौक, सदरलाईन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ भएकोे नेपालगन्ज वाकाथनमा सडक अन्र्तक्रिया समेत भएको थियो । सडकबाट नागरिक समाजका प्रतिनिधिहरुले भ्रष्टाचार बिरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए । 

सडकबाट भ्रष्टाचार बिरुद्ध मन्तव्य व्यक्त गर्नेहरुमा निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय, महिला जागृति शेल नेपालगञ्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, डिभिजन बन कार्यालयका बन अधिकृत बाबुराम पोखेल, गैसस महासंघ बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन गर्नुका साथै पर्चा, पम्लपेट बितरण गरिएको थियो । 

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी, कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रम रामलिला मैदानमा पुगेर समापन भएको थियो ।

समापन समारोहलाई नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा र भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले सम्बोधन गरेका थिए । 

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा सुशासन बाहालिका लागि सरकार गम्भिर बन्नु पर्ने बताए । 

कार्यक्रममा बोल्दै भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले अवको आन्दोलन भ्रष्टाचार बिरुद्धको आन्दोलन हुनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस नमनाएर गैर जिम्मेवारीपना प्रश्तुत गरेको बताए ।  

पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए । 

दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो ।

तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार