मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

काग्रेसको महाधिवेशन २०८३ असोजभित्रै हुन्छ

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

बाँके  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अन्तर–विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । 

महामन्त्री शर्माले सरकारको ध्यान सडकको प्रदर्शन भन्दा पनि राम्रो काम गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता देखाउन नसकेको टिप्पणी गर्नुभयो । शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो । 

सम्मेलनलाई नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु दीपक गिरी, मैकुलाल वाल्मीकि, डा.गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सम्बोधन गर्नुभएको थियो । 

यस्तै लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य लक्ष्मी नारायण शाह, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाल मगर संघका केन्द्रीय सहमहामन्त्री उमा थापा मगर, नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष लाहुराम थारुले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

त्यसअघि जिल्ला सभापति नारायण प्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे। पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधिलगायतलाई सम्मान गरिएको थियो । 

त्यसक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको भित्ते पात्रो समेत विमोचन गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार