मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |
मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |


जनताको समस्यामा सहयात्री बनेर काम गर्छु ः वडा अध्यक्षका उम्मेदवार योगी

महमूद आलम खान 1132+ समाचार ( )
वडा अध्यक्षको उम्मेदवारी दिएका योगी आफनो नतृत्वको टिम जिते वडामा शिक्षा र स्वास्थ्यमा संगै सुकुम्बासी समस्या समाधान गर्ने योगीले बताए
१३ वैशाख २०७९, मङ्गलबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. १९ को अध्यक्ष पदमा नेकपा माओबादी केन्दको तर्फबाट उम्मेदवार शम्भुनाथ योगीले आफ्नो वडाको विकास गर्न थुप्रै विकासका नीतिहरु अघि सारेका छन् । उनले आफूले देश र जनताको लागि आफूले हरेक तबरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यूथ टुडेसँग कुराकानी गर्दै उनले जनताका सामान्य जनजीवनलाई सहज पार्ने र वडाको विकासमा सकेको योगदान दिनको लागि आफूले वडा अध्यक्षको लागि उम्मेदवारी दिएको बताए ।

चुनावनजिकै आहिरहँदा उनी चुनाव प्रचार—प्रसार र घरदैलोमा व्यस्त बनेका छन् । स्थानीय तहको दोस्रो चरणको ऐतिहासिक चुनावमा वडाको विकाससँगै उनले आफ्ना एजेण्डाहरु सडकको समस्या, पिउने पानी, व्यवस्थित ढल निकास, फोहोर व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक पुनर्निर्माण लगायतका क्षेत्रमा आफू सशक्त रुपमा लागिपर्ने बताए् । 

यसमध्ये पनि उनी सडक, पानी, शिक्षा र स्वास्थ्यको काम सँगसँगै लाने बताउँछन् सरकारी नौकरीबाट अवकास पाउने बित्तिकै राजनितिमा होमिएका योगी ‘विकास निर्माणको काम वडा र संरचनाले माग गरेअनुसार गर्ने हो ।” स्थानीयको समस्या बुझ्ने नेता नभएको कारण आफू स्थानीयबासीका समस्या समाधानमा हातेमालो गर्नकै लागि चुनावी प्रतिस्पर्धामा होमिएको दाबी गर्छन् उनी ।

बहुमत आउँदा मात्र वडाको विकास गर्नसक्ने मानसिकता बोकेका यी उम्मेदवार स्थायित्व, समृद्धि, दिगो विकास र अधिकारसम्पन्न जनता नै देशविकासको मेरुदण्ड भएको उनको भनाइ छ । यसका लागि आफनो नेतृत्वको टिमलाई जिताउनु पर्ने बताउँछन् योगी ।

वडाको स्वरुप परिवर्तन गर्छु

वडा अध्यक्षको उम्मेदवारी दिएका योगी आफनो नतृत्वको टिम जिते वडामा शिक्षा र स्वास्थ्यमा संगै सुकुम्बासी समस्या समाधान गर्ने योगीले बताए । उनका अनुसार  अब स्वास्थ्य संस्था र विद्यालयहरु योजनाबद्ध र व्यवस्थित हुनुपर्छ । जसका लागि काम गर्ने उनको भनाइ छ । खेतीयोग्य जमिनको प्लटिंग रोक्ने र अव्यवस्थित निर्माणलाई नियमन गर्नसके नेपालगंज १९ लाई सुन्दर पार्न सकिने उनको आशा छ ।

जित्ने आधार धेरै छन्

घरदैलो र चुनावी प्रचारप्रसारमा होमिएका योगी माओबादी नै जित्ने आधारहरु धेरै रहेको बताउँछन् । राजनीतिप्रति आम मानिसको धारणा नकारात्मक भएकाले त्यस्तो धारणा हटाउन आफू सक्षम हुने दाबी गर्छन् । यसका लागि आफूले आजैबाट काम थाल्ने बताउँदै उनी भन्छन्, ‘राजनीतिप्रतिको नकारात्मक धारणा हटाउन आजैबाट काम थाल्नेछु, अहिले घरघर पुगेर कुरा गर्दै छु, बुझाउँदै छु विजय प्राप्त भएपछि काम गरेर, विकास निर्माणको काम गरेर, जनताको समस्यामा सहयात्री बनेर सहयोग गरी सकारात्मक परिवर्तन ल्याउनेछु ।’

जितेपछि फर्केर नहेर्ने प्रवृत्ति देख्दा दुःख लाग्छ

सर्वसाधारण जनतालाई जस्तै उनलाई पनि नेताहरुको भोट माग्ने र जितेपछि फर्केर नहेर्ने प्रवृत्ति देख्दा दुःख लाग्छ । मुखले मात्र हैन कामले गरेर देखाउने अवसर पनि हो चुनावको जित । त्यसैले उनी चुनावमा जिते गरेर देखाइदिने बताउँछन् ।

प्रतिबद्धता

निर्वाचित भएपछि सुरुमा नै प्रतिबद्धता पूरा गर्न लाग्ने उनको ध्येय छ । अरु नेताभन्दा फरक किसिमको राजनीति गर्ने दाबी गर्दै उनी भन्छन्, ‘आफू नागरिकको बीचमा जाने, छलफल गर्ने र सकारात्मक प्रभाव पार्नेछु ।’ व्यवस्थित र योजनाबद्ध वडा निर्माणमा ध्यान दिने बताउने उनको बाँकी लक्ष्य भनेको समृद्धि, गुणस्तर शिक्षा, घर घरमा स्वास्थ्य, स्थानीय स्तरमा रोजगारी सृजना, युवाको वैदेशिक पलायन रोक्न तथा महिलालाई आर्थिक उन्नतिमा ल्याउन विशेष योगदान गर्ने लक्ष्य छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार