मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

लैङ्गिक विभेद न्यूनीकरण गर्दै सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नुपर्नेमा जोड

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो । 

कार्यक्रममा वाश समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू गरी ४५ जनाको सहभागीता रहेको थियो । 

कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, भौतिक संरचना र अभ्यासमा लैङ्गिक समानता प्रवद्र्धन गर्नु, विद्यालयका निर्णय प्रक्रिया र गतिविधिमा बालिका, सीमान्तकृत लैङ्गिक पहिचान भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैङ्गिक विभेद न्यूनीकरण गर्नु तथा सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नु रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले बताउनुभयो ।  

कार्यक्रममा मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले विद्यालयमा सम्भावित विपद् (जस्तै भूकम्प, बाढी) का बारेमा जानकारी गराउँदै विद्यालय सुरक्षा योजना र आपतकालीन तयारी सम्बन्धी आधारभूत जानकारी, विद्यालय सुधार योजनामा जोखिम न्यूनीकरणका उपायहरू समावेश गर्ने तरिका, जलवायु परिवर्तनका असर सम्बोधन गर्ने र हरित विद्यालय प्रवद्र्धन गर्ने जस्ता विषयमा अभिमुखीकरण गर्नुभएको थियो । 

साथै उहाँले विद्यालय पाठ्यक्रम र गतिविधिमा जलवायु परिवर्तन सम्बन्धि शिक्षालाई पनि समावेश गर्न प्रोत्साहन गर्नुभएको थियो ।

सो अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र वाश समितिको विद्यालयलाई समावेशी, सुरक्षित र दिगो बनाउने भूमिकाका बारेमा विशेष जोड दिइएको थियो ।

कार्यक्रममा परियोजना संयोजक ईश्वर बिकले सुरक्षा परियोजनाको उद्देश्य, लक्ष्य र विवरण प्रस्तुत गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर सबित्रा भट्टले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार