मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


खेलकुद र शिक्षाको संगमः जानकी गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्डको उत्सव

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
मैदानमा गुञ्जिरहेका हुटिङ, विद्यालयका झण्डा र अनुशासित पङ्क्तिमा उभिएका विद्यार्थीहरू सबैमा आत्मविश्वास र सम्भावनाको उज्यालो झल्किन्थ्यो ।
१६ पौष २०८२, बुधवार

बाँके । खेलमैदान आज केवल दौड, उफ्राइ र जित–हारको केन्द्र थिएन । जानकी गाउँपालिका बाँकेमा सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा आठौँ पालिका स्तरीय अन्तर विद्यालय अध्यक्षकपले खेलकुदलाई जीवन निर्माणको आधारका रूपमा उभ्याइरहेको दृश्य प्रस्तुत ग¥यो । मैदानमा गुञ्जिरहेका हुटिङ, विद्यालयका झण्डा र अनुशासित पङ्क्तिमा उभिएका विद्यार्थीहरू सबैमा आत्मविश्वास र सम्भावनाको उज्यालो झल्किन्थ्यो ।

जानकी गाउँपालिकाको आयोजनामा सम्पन्न उद्घाटन समारोहको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभयो । उद्घाटनसँगै मन्त्री तिमिल्सिनाले खेलकुदलाई केवल प्रतिस्पर्धा होइन, जीवनको पाठशाला भएको उल्लेख गर्दै भन्नुभयो, “खेलकुदले अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैली सिकाउँछ । विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्न सके मुलुकले सक्षम र जिम्मेवार नागरिक पाउँछ ।” उहाँले प्रदेश सरकारले विद्यालयस्तरको खेलकुद पूर्वाधार र प्रतिभा विकासमा निरन्तर लगानी गरिरहेको जनाउँदै जानकी गाउँपालिकाको कन्या आधारभूत विद्यालयको भौतिक संरचना तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमका जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षा र खेलकुदलाई पालिकाको साझा प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । “खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जानकी गाउँपालिका प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “यस्ता प्रतियोगिताले ग्रामीण प्रतिभालाई पहिचान दिलाउने मात्र होइन, विद्यार्थीमा आत्मविश्वास र नेतृत्व क्षमता पनि विकास गर्छ ।”

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले गाउँपालिकाले शिक्षा क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । मधेशी मुस्लिम समुदायको बहुल्यता रहेको सामाजिक यथार्थलाई आत्मसात गर्दै कन्या विद्यालयमार्फत महिला शिक्षालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो । उहाँको भन्नुभयो “छोरी शिक्षित भए मात्र समाज रूपान्तरण सम्भव हुन्छ ।,”

वडा नं. ५ का अध्यक्ष तथा पालिकाका प्रवक्ता टिकानाथ यादवले कन्या विद्यालयमार्फत महिला शिक्षामा जोड दिइएको बताउँदै यसलाई दीर्घकालीन सामाजिक परिवर्तनको आधारका रूपमा चित्रण गर्नुभयो । सामाजिक विकास शाखाका संयोजक राम अचल धोबीले स्वागत मन्तव्यका क्रममा खेलकुदले समुदायलाई जोड्ने काम गरिरहेको उल्लेख गर्नुभयो । 

उद्घाटन समारोहमा नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मीनारायण शाहले मधेशी मुस्लिम समुदायलाई शिक्षासँग जोड्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मधेशी मुस्लिम समुदाय शिक्षाबाट टाढा रहँदा समग्र समाजको विकास अधुरो रहन्छ । शिक्षा नै सबैभन्दा बलियो हतियार हो, जसले गरिबी, पछौटेपन र विभेदको घेरा तोड्न सक्छ ।” उहाँले जानकी गाउँपालिकाले कन्या विद्यालय, मदरसा तथा विद्यालयस्तरीय खेलकुदमार्फत शिक्षा र चेतनाको उज्यालो फैलाउने प्रयास गरिरहेकोप्रति प्रशंसा व्यक्त गर्दै यस्ता पहललाई राज्यका सबै तहबाट निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीले पनि विद्यालयस्तरीय खेलकुदले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आधार तयार गरिरहेको धारणा राख्नुभयो ।

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीका अनुसार पालिकामा मदरसा सहित ४५ वटा विद्यालय रहेका छन्, जसमध्ये ३५ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको बताउनु भयो । उहाँले भन्नुभयो भोलिबल, कबड्डी, दौड, हाइजम्प लगायतका खेलहरू तीन दिनसम्म सञ्चालन हुनेछन् ।

मैदानमा दौडिरहेका विद्यार्थीहरूको आँखामा जितको चाहना मात्र थिएन—आफ्नो पहिचान बनाउने सपना पनि थिया े। प्रतिस्पर्धासँगै अनुशासन, सहकार्य र मित्रताको अभ्यासले खेलकुदलाई शिक्षाको पूरक बनाइरहेको देखिन्थ्यो  । वडा नं. ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजनका शब्दमा, “यो कार्यक्रम खेलकुद मात्र होइन, शिक्षा, समावेशिता र सामाजिक रूपान्तरणको साझा अभियान हो ।” राष्ट्रपति रनिङ्ग शिल्ड र अध्यक्षकपले यहाँका विद्यार्थीलाई राष्ट्रिय स्तरसम्म पुग्ने आत्मबल प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति ज्ञानेन्द्र चौधरी, जानकी गाउँपालिकाकी उपाध्यक्ष राम प्यारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. ३ का अध्यक्ष राज कुमार बर्मा,वडा नं. ४ का अध्यक्ष रमेश कुमार बर्मा,कार्यपालिका सदस्य राजेन्द्र सिंह,जिन्सी शाखा प्रमुख राजु यादव, आईटी अधिकृत विकास जिसी, कार्यपालिका सदस्य, शाखा प्रमुखहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रमेश बिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार