मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

युवा युवतीहरूलाई लक्षित फुटबल प्रशिक्षण सुरु

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुर रंगशालामा १४ देखि १८ वर्ष समूहका युवा युवतीहरूलाई लक्षित गरी एक महिने फुटबल प्रशिक्षण सुरु गरिएको छ।
न्यु जर्नी युथ क्लबको आन्तरिक स्रोतबाट सञ्चालनमा ल्याइएको प्रशिक्षण कार्यक्रमले स्थानीय युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्य राखेको छ। 
वडा अध्यक्ष भुपाल पुन मगरका अनुसार प्रशिक्षणले युवाहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई सकारात्मक ऊर्जा र अनुशासित जीवनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको बताउनु भयो ।
क्लबका क्याप्टेन प्रकाश बुढाथोकीले प्रशिक्षणमा उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र नियमित बनाउने योजना जिकिर गर्नुभयो । 
यसैगरि बाँकेको खजुरा ४ डि गाउँमा रहेको न्यू डाँफे स्पोर्ट्स क्लबले महिला खेलाडी उत्पादन गर्न लागेको छ । नेपालमा महिला फुटबल खेलाडीको सम्भावना उच्च रहेकाले पनि खजुराका महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न न्यू डाँफेले फुटबल प्रशिक्षण सुरु गरेको हो ।
फुटबल प्रशिक्षणको सुरुवात गर्दै न्यू डाँफेका अध्यक्ष तिलकवीर सुनारले केही समयभित्रै महिला फुटबल प्रतियोगिताको आयोजना समेत गरिने जानकारी दिनु भयो । क्लब स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने गरी तयारीलाई तिब्रता दिईने अध्यक्ष सुनारले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार