मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |
मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |


नेपालगञ्जबाट बेपत्ता भएकी भनिएकी निर्मला कुर्मीको भारतमा मृत्यु भएको प्रमाण भेट्यो

महमूद आलम खान 1132+ समाचार ( )
प्रहरीको नियन्त्रणमा रहेकाहरु छुट्दै, आन्दोलन सुनियोजित भएको पुष्टि
२३ कार्तिक २०७८, मङ्गलबार

बाँके । नेपालगञ्जबाट बेपत्ता भएकी भनिएकी निर्मला कुर्मीको भारतमा मृत्यु भएको पाइएको प्रहरीले बताएको छ । रुपैडिया नाकाबाट १५ किलोमिटर टाढा पर्ने जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले शनिबार नेपाल प्रहरीलाई पठाएका छन्, जसमा उनको १४ चैत २०७६ मा मृत्यु भएको भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख श्याम अधिकारीका अनुसार कुर्मीले २०६९-०७० सालतिर भारतीय नागरिक अर्जुन कुर्मीसँग विवाह गरेको पनि भेटिएको छ । ‘उनी निर्मलाको गाउँमा काम गर्दा रहेछन्, त्यहीक्रममा विवाह भएको र भागेर भारत भएको खुलेको छ’ अधिकारीले भने, ‘भारत गएको केही वर्षपछि मृत्यु भएको देखिन्छ ।’

प्रहरीले उनीहरुले विवाह गरेको र मृत्यु भएको वेलाको फोटो पनि प्राप्त गरेको छ । र, अर्जुनसँग पनि बयान लिएको छ । अर्जुनसँग निर्मला कुर्मी प्रहरी स्रोतका अनुसार अर्जुनले श्रीमती निर्मलाको ‘कालगती’ले मृत्यु भएको बताएका छन् ।

तर जग्गा चाहिँ झुक्याएर हडपिएको उनले बताएका छन् । कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको थियो, विस्तृत अनुसन्धान हुन सकेको थिएन ।

घटनामा प्रहरी अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै नेपालगञ्जबाट २० दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौं आइपुगेका थिए । काठमाडौंमा प्रदर्शन गरिरहेका बेला प्रहरीले मानवअधिकारकर्मी रुबी खानलाई बहुविवाहको मुद्दामा पक्राउ गर्‍यो । त्यसविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पर्‍यो र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिहा गर्न आदेश दियो । त्यसपछि उनी आमरण अनशनसमेत बसिन् ।

सरकारले उनीसँग वार्ता गर्‍यो र गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति पनि बनायो । त्यसपछि खानले अनशन तोडेकी थिइन् ।

समितिले प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले सोमबार किटानी जाहेरीमा उल्लेखित ७ जनालाई पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भने वृद्ध अवस्थाका कारण बोलाएका बेला उपस्थित हुने गरी छाडिएको छ । पूर्वसभासद बादसाह कुर्मी यसअघि नै हाजिर भएर छुटेकाले पक्राउ गर्न आवश्यक नरहेको प्रहरीले बताएको छ  ।

माधवअधिकारकर्मी रुबी खानले चाहिँ अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी हत्या गरिएको मुद्दामा प्रहरीले मुख्य अभियुक्तलाई संरक्षण गरेको बताउँछिन् । ‘यस्तो गम्भीर मुद्दामा हाजिरी जमानीमा छाड्ने भन्ने कसरी हुन्छ ? पूर्वसभासद्लाई पक्राउ नगर्नुको कारण उनलाई राज्यको संरक्षण हुनु हो’ खानले भनिन्, ‘मुलुकी फौजदारी अपराधसंहिता अनुसार पनि उनलाई फेरि पक्राउ गरेर अनुसन्धान गर्न सकिन्छ ।’ कागजबारे पनि छानबिन होस् : खान हालै प्रहरीले पाएको भनिएको कागजबारे पनि छाविन हुनुपर्ने उनले बताइन् । ‘हाम्रीले आन्दोलन गर्नुअघिसम्म प्रहरीले यो कागज किन ल्याएन ? अहिले मात्र यो कागज कसरी आयो ?’ खान प्रश्न गर्दै भन्छिन्, ‘कागजमाथि पनि आवश्यक जाँच र छानबिन हुनुपर्छ ।’ आन्दोलन हुने वित्तिकै फटाफट कागज आउनु रहस्यमय भएको उनले बताइन् । ‘हामीले जाहेरीमा चार जना अभियुक्तको नाम खुलेको थिएन भनेका थियौं, अर्जुन पनि तिनै मध्येको एक हुन्’ उनी भन्छिन् । उनले निर्मला भारत गएको र विहे गरेको भन्ने विषयमै विश्वास नभएको बताइन् । साभार अनलाईन खबर

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै