मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

युवासङ्घ र जेनजीबिच झडप, केही जेनजी घाइते

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
११ मंगशिर २०८२, बुधवार

कैलाली । धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुग्दा केही तनाव भएको छ । बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शन गरेपछि अवस्था केही तनावपूर्ण बनेको हो । 

नेता बस्नेतको विरोधमा धनगढीको जेनजी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । एमाले पोलिटब्युरो सदस्य नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिकमा जेनजी युवा र एमालेको भातृसङ्गठन युवाबिच सामान्य झडप भएको थियो । प्रहरीको सुरक्षा घेरामा रहेका केहि जेनजीहरूलाई समान्य चोटपटक लागेको जेनजी नेताहरूले बताएका छन् ।

सो क्रममा धनगढी–४ की जेनजी अगुवा सरिता जोशीसँगै केही युवाहरू घाइते भएका छन्। उहाँको हातमा चोट लागेर अस्पतालमा उपचार भइरहेको छ।  जेनजीहरूले विभिन्न नारा लगाउँदै नेता बस्नेतको विरोध गर्नुभएको थियो । धनगढीमा आयोजित युवा सङ्घको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न बस्नेत कैलाली पुग्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार