मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

अब कर्मचारी सरुवामा पिआइएस हेरिने,राजनीतिक पहुँच र सोर्स- फोर्स नचल्ने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी भदौंदेखि नै लामो समयदेखि सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गम सरुवा गर्ने तयारी गरेको छ
२१ श्रावण २०८०, आइतबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी भदौंदेखि नै लामो समयदेखि सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गम सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले आगामी महिनादेखि नै उनीहरुको कर्मचारी सूचना प्रणाली (पिआइस) हेरेर सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गममा खटाउने भएको हो ।

मन्त्रालयले आगामी भदौभित्र सरुवा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । निजामती सेवा नियमावलीमा सामान्य प्रशासनले प्रत्येक वर्षको १ भदौदेखि मसान्तसम्म सरुवा गरिसक्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थापनका लागि मन्त्रालयले सरुवा प्रणालीलाई व्यवस्थित गर्न भन्दै गत साउन ११ गते दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन र सुगममा कार्यरुत कर्मचारीहरुलाई दुर्गममा जानका लागि कार्यालय रोजेर निवेदन माग गरेकोमा कर्मचारीहरु दुर्गममा जान अनिच्छा देखाएका हुन ।

मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको थियो । तर यो अवधिमा झण्डै ४५० आवेदन परेका छन् तर दुर्गममा जान कसैले इच्छा नदेखाएका हुन ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका (डेढ वर्षभन्दा बढी दुर्गम क्षेत्रका कार्यालयमा सेवा प्रदान गरिसकेका) निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रमा साथै सोही उपदफाको (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गर्न इच्छुक भएमा पिआइएस अद्यावधिक गरी निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेकोमा ४५० आवेदन परेकोमध्ये सुगम जिल्ला वा क्षेत्रबाट दुर्गमका जानका लागि कसैले निवेदन नदिएको सामान्य प्रशासनले जनाएको छ ।

सामान्य प्रशासनका अनुसार,भौगोलिक अवधि पुगेका सुगममा रहेका कर्मचारी दुर्गम जान अनिच्छुक भए पनि अब पिआइएस हेरेर दुर्गम सरुवा गर्ने मन्त्रालयको तयारी छ । तीन वर्ष भौगोलिक अवधि पुगेका कर्मचारीलाई सुगमबाट दुर्गममा र दुर्गममा तीन बर्ष बढी बसेका कर्मचारीहरुलाई सुगममा ल्याइने सामान्य प्रशासनको तयारी छ ।

यस अघि मन्त्ती मोदीले उपसचिवदेखि शाखा अधिकृतसम्मको सरुवा गर्दा लामो समयदेखि सिंहदरबारमा अखडा जमाएर बसेका कर्मचारीहरुलाई स्थानीय तहमा पठाइसकेका छन् भने दुर्गममा लामो समयदेखि कार्यरुत कर्मचारीहरुलाई सुगम र सिंहदरबारमा तानेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार