मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बर्दियामा ‘Unite For Resilience’ अभियान सुरु, जलवायु बहसमा युवाहरूको नेतृत्व

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

बर्दिया । विश्व वातावरण दिवसको अवसरमा बर्दियामा ‘Unite For Resilience’ अभियानको औपचारिक सुरुआत गरिएको छ। उक्त कार्यक्रम जलवायु परिवर्तन र युवाको नेतृत्वमा केन्द्रित संवादका साथ सम्पन्न भएको हो।

बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र युवा (YUWA) सँगको सहकार्यमा GSS परियोजनाअन्तर्गत 'Girls Out Loud' कार्यक्रम तथा Plan International Nepal सँगको साझेदारीमा YSPARCK परियोजनाअन्तर्गत #UniteForResilience अभियान सञ्चालन गर्दै आएको छ।

उक्त अभियानले युवाहरूलाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने लक्ष्य लिएको छ। साथै, यसले स्थानीय तह, समुदाय र नागरिक समाजमा युवाको सक्रिय सहभागिता प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बर्दियाका विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख सहभागीहरूमा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, बधैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल र मधुवन नगरपालिकाकी महिला विकास अधिकृत इन्दिरा चुनारा रहेका थिए।

कार्यक्रममा जलवायु क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाहरू – राधाकृष्ण थारु जनसेवा केन्द्र, B-Group, थारु महिला उत्थान केन्द्र, कमैया महिला जागरण समाज, सुन्दर संसार लगायतका प्रतिनिधिहरू तथा किशोर–किशोरीहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।

स्थानिय किशोरी क्लबका सदस्यहरूले जलवायु परिवर्तनले पारेका प्रभावहरू कथा, कविता र चित्रमार्फत सजीव रूपमा प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै उपप्रमुखहरू साबित्रा गौतम, अनिता चौधरी र लक्ष्मी अधिकारीले अभियानलाई सान्दर्भिक र प्रभावकारी भएको बताउँदै आगामी नीति तथा कार्यक्रमहरूमा जलवायु सहनशीलतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नु भएको थियो। कार्यक्रमको सहजीकरण क्लबकी युवा उपाध्यक्ष निर्जला रिजाल र अभियान संयोजक सुरुचि शाहीले संयुक्त रूपमा गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार