मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नरैनापुरमा बिपद पूर्व तयारी बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
बृद्धबृद्धाहरुलाई न्यानो कम्बल वितरण गरिने निर्णय
२७ मंगशिर २०७९, मङ्गलबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको पालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

एसडिएफको पहल र सेभ द चिल्ड्रेनको प्राबिधिक सहयोगमा विपद् शाखा नरैनापुरको आयोजनामा भएको पालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्पन्धी कार्यशाला गोष्ठीमा पालिकाका जनप्रतिनिधीहरु र बिभागिय प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटीका पदाधीकारी, बिपदका क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा नरैनापुर गाउँपालिकाको बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कस्को कुन ठाउँमा योगदान रहने भन्ने बारेका कार्यविभाजन समेत गरिएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिगतका सिकाई र भोगाईमा आधारीत भएर बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिने बताउनुभयो । बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण आफैमा महत्वपूर्ण कार्य हो गाउँपालिका  अध्यक्ष शाहले भन्नुभयो, यसका लागि प्राविधीकहरुलाई सहयोग गर्न म सबै जनप्रतिनिधी र कर्मचारीहरु संग आग्रह गर्दछु ।

बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्वन्धी योजना नहुँदा बिपदको समयमा समस्या आउने गरेको बताउदै पालिका अध्यक्ष शाहले भन्नुभयो, बिपदमा काम गर्न सजिलो बनाउनका लागि नै बिपद सम्बन्धि कार्यविधि, पूर्व तयारी तथा प्रतिकार्य योजना बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माण गरि सकिएको जानकारी दिनु भएको थियो । 

बैठकले सितलहरवाट बृद्धबृद्धाहरुलाई न्यानो कम्बल बितरण गर्ने, स्वास्थ्य शिविरहरुलाई नियमित गर्ने र बिपद पोर्टललाई ब्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको बिपद शाखाका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको बैठकमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, २ वडामा अध्यक्ष मसुद अहमद शाह, ४ वडाका अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, विपद् शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह,एसडिएफका प्रबन्धक तारा भुषाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार