बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ मा स्थानीय निर्वाचनमा सयुक्त गठबन्धनका वडा अध्यक्ष पदमा उम्मेदवार धर्मसिंह कार्की(सुबास)को टिम घर घरमा पुगेर सल्लाह सुझाव सहित प्रतिबद्धता सहित लिएर जनताको माझमा गुनासो सुन्दै बुज्दै गाउँ टाेलमा ब्यस्त भएका छन् ।
कोहलपुर नगरपालिकामा लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध भएर सेवा प्रदान गरेका कार्की बिगतमा कोहलपुरमा वडा नागरिक मन्च र वागेश्वरी बहुमुखी क्याम्पसमा अध्यापन गरीसकेका कार्की आगामी स्थानीय निर्वाचन बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षको पदका उम्मेदवारको रूपमा चुनावी मैदानमा होमिनु भएको छ।