मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नरैनापुरमा दादुराको महामारी फैलियो, बिहिबारबाट खोप लगाइने

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
अहिलेसम्म गाउँपालिका–२ मा १२ जना भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुएको छ ।
४ माघ २०७९, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–२ मा १२ जना भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुएको छ ।

दादुरा रोग न्यूनीकरण गर्न बुधबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायत सरोकारवालाको बिच भएको छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने निर्णय गरेको छ ।

“गाउँपालिकामा महामारीका रुपमा दादुरा फैलिन सक्ने भएकोले दादुरालाई नियन्त्रण गर्न खोप अभियान सुरु गरिने छ”, गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञ सहितको टोली संग भएको छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।”

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार रोग नियन्त्रण तथा रोकथामका लागी भोलि बिहीबारबाट गाउँपालिकाको ६ वटै वडामा बालबालिकालाई खोप लगाइने भएको छ ।

आज नरैनापुरमा भएको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रदेश स्वास्थ्य मन्त्रालय , प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालयका प्रमुख, नरेश श्रेष्ठ, WHO, Unicef र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले "दादुरा रोग नियन्त्रण र खोप अभियान संचालन अभिमुखिकरण र योजना तर्जुमा" कार्यक्रममा बोल्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार