मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

प्रेस सेन्टर नेपाल बाँकेको अधिवेशन सम्पन्न, बिभिन्न बिधामा ४ जना सम्मानित

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२४ पौष २०८१, बुधवार

बाँके । प्रेस सेन्टर नेपाल बाँकेको सातौं जिल्ला अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नु पर्ने बताउँदै उहाँले पत्रकारिताको नाममा गलत क्रियाकलाप गर्नेहरुको प्रमाण सहित उजुरी आएको खण्डमा कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

ओझेलमा परिरहेको वर्तमान अवस्थामा पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा आउनुपर्नेमा धारणा राख्नु भएको थियो ।

लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठ्यारो आएमा पत्रकारितामार्फत सुल्झाउनुपर्ने धारणा राख्दै उहाँले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराजुद्दीन खानले जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्दै सकारात्मक सोच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा बताउनु भयो ।

प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्नकर्माले जनपक्षीय पत्रकारिता आफैंमा सजिलो विषय नभएको बताउदै उहाले जनताको पक्षमा पत्रकारिता गर्ने कुरा र भुइँ तहका जनताको समस्या उजागर गरी निश्कर्षमा पुर्याउने कुरा अवश्य नै चुनौतिपूर्ण कुरा भएकोले आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहन पत्रकाहरुलाई आग्रह गर्नु भयो ।

प्रेस सेन्टर लुम्बिनीका सचिव आलम खानले ‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको बताउँदै लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनु पर्ने धारणा राख्नु भएको थियो । 

अधिवेशनले क्रान्तिकारी पत्रकारिता पुरस्कार डा. डक्ट प्रसाद धिताल, बिरमी चन्द्र पत्रकारिता पुरस्कार सबिता चन्द, शान्ति सुनार र सुशिल क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट शिव सुनारलाई प्रदान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार