बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका नवनिर्वाचित गाँउपालिका अध्यक्ष तथा जनता समाजबादी पार्टीका नेता इस्तियाक अहमद शाहले सपथ लिए लगत्तै नेपालगंजमा रहेको निल सागर मानव सेवा आश्रममा पुगी बृद्धबृद्धा र बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्नु भएको थियो ।
अध्यक्ष शाहले आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई जुस खुवाउदै निलसागरले निमार्ण गर्न लागेको आश्रमको निर्माधिन भवनमा २ कोठा गाँउपालिकाले निमार्ण गरी दिने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले २ कोठा निमार्ण गर्नका लागि लाग्ने खर्चको व्यवस्थापन गाँउपालिकाले गर्ने जानकारी दिनु भएको थियो ।
मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरुको सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले सपथ लिए लगत्तै आश्रममा पुगेर आफ्नो व्यक्तिगत तर्फबाट खाद्यान्न हस्तान्तरण गरेको अध्यक्ष शाहले बताउनु भयो ।
आश्रमले परिवारबाट विछोड भएका, मानसिक रुपमा विक्षिप्त, शारीरिक रुपमा अशक्त र सडकमा कठिन जीवन बिताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको गाँसबास, उपचार एवं वृत्तिविकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण भएको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता शाहले व्यक्त गर्नु भएको थियो
आश्रम परिवारको कामको गाँउपालिका अध्यक्ष शाहले प्रशंसा गर्नु भयो । शाहले आश्रममा आश्रित अग्रजबाट टीका ग्रहण गर्नुका साथै बालबालिकालाई समेत जुस दिनु भएको थियो ।
गाँउपालिका अध्यक्षबाट प्राप्त सहयोग आश्रममा आश्रितहरुको गाँसबास र उपचारमा सदुपयोग गर्ने आश्रमकि अध्यक्ष सरिता खनालले जानकारी दिनु भएको थियो ।
यसै गरी आश्रमले नवनिर्वाचित नरैनापुर गाँउपालिका अध्यक्ष शाहलाई फूलको माला लगाएर बधाई दिएको थियो । आश्रमका संचालक नारायण बहादुर सुबेदीले नरैनापुर बासीले असल नेता पाएको बताउदै नरैनापुरको विकासमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो ।
यसैगरी नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख एंव ५ नम्बर वडाका सचिव भरत महतोको जन्मदिन समेत आश्रममा मनाइएको थियो । खाद्यान्न हस्तन्त्रण कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेत, जिन्सी संयोजक भरत महतो, जसपा नेपाल लुम्बनी प्रदेशकि कोषाध्यक्ष अम्बीका काफले लगायतको सहभागिता रहेको थियो ।