बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा सामुदायिक मेलमिलाप केन्द्रको सोमबार उद्घाटन गरिएको छ ।
केन्द्रको उदघाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज वडा नं ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले मेलमिलाप केन्द्र उदघाटनले आफु उत्साहित भएको र अबका दिनमा वडाभित्र केही झैझगडा भएमा मेलमिलाप केन्द्रलाई जिम्मा दिने बताए । वडाअध्यक्ष बेहनाले नगरपालिकाले मेलमिलापकको केन्द्रको कार्यलय स्थापनाको लागि बजेट विनियोजन नगरेकोले प्रति चिन्ता व्यक्त गर्दै नगरपालिका संग समन्वय गरि बजेटका विषयमा छलफल गर्ने बताउनु भयो । वडाअध्यक्ष बेहनाले अबका दिनमा वडामा खटिएका मेलमिलापकर्ताहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलमिलाप केन्द्र नेपालगन्जका संयोजक शिव कुमार बर्माले माघ महिना भित्रै सबै वडामा मेलमिलाप केन्द्र खौल्ने अभियान नेपालगञ्ज वडा नं ४ मा समेत केन्द्र स्थापना गरिएको बताउनुभयो । मेलमिलाप केन्द्रले पछिल्लो समय प्रभावकारी काम गर्न थालेसँगै समाजमा भएका झैझगडा मिलाउन जनप्रतिनिधिले राहात महसुस गरेका छन ।
वडा सदस्य इन्दिरा शाहीले ३ बर्ष पहिला नै स्थापना हुनु पर्ने मेलमिलाप केन्द्र अहिले आएर स्थापना भए पनि नागरिकले सहजता पाउने छन् भन्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रमको संचालन केन्द्रका सचिव पत्रकार मधु पौडेलले गर्नु भएको थियो । भने कार्यक्रममा सहजकर्ताहरु कौशल सिह धामी र अस्मिता शाहको उपस्थिति रहेको थियो ।