मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बरिष्ठ पत्रकार सेराज खानलाई अन्तर्राष्ट्रिय सम्मान

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

भारत । बाँकेका वरिष्ठ पत्रकार सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ । इन्डियन जर्नलिस्ट एशोसिएसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमबार आयोजना गरिएको वर्तमान परिप्रेक्ष्यमा पत्रकारहरुको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।

इन्डियन जर्नलिस्ट एशोसिएनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज सिंह, डा. रमेश बर्मा, अन्जनि निगम लगायतले पत्रकार खानलाई सम्मान गरेका हुन।

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले लोकतन्त्रको रक्षाका लागि भारत र नेपालका पत्रकारको भूमिका सबैभन्दा अहम भएको जनाउँदै अहिले पनि सोही कार्यमा लागिरहेको बताएका थिए ।

कार्यक्रममा एशोसिएसनका राष्ट्रिय अध्यक्ष कुरैशिले एशोसियसनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने बताउनुभयो ।सो अवसरमा भारतका दर्जनभन्दा बढी वरिष्ठ पत्रकारलाई विभिन्न सम्मान प्रदान गरिएको थियोे ।

सम्मेलनले पत्रकारहरुलाई सरकारले तलब सुविधा प्रदान गर्नुपर्ने र डिजिटल पत्रकारितालाई मान्यता दिनुपर्नेलगायत पत्रकारको सुरक्षा सम्बन्धी विभिन्न प्रस्ताव पनि पारित गरेको एशोसिएसनको कानपुर युनिटका अध्यक्ष मुकिम कुरैशीले बताउनुभयो । सो सम्मेलनमा भारत र नेपालका दुई सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार