मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नेपालगंज ६ मा नेपाली कांग्रेसको वडा कार्यालय स्थापना

महमूद आलम खान 1132+ समाचार ( )
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले स्थानीय तहको चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान
१८ माघ २०७८, मङ्गलबार

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले स्थानीय तहको चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको छ । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय उद्घाटन गर्दै राठौरले जेठमा गर्ने तयारी गरिएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन टोलटोलमा प्रतिबद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

१४औं महाधिवेशनबाट विधानमा टोल कार्यसमिति गठन गर्ने प्रावधान राखिएको बताउँदै उहाँले टोलटोलमा धमाधम कार्यसमिति गठन गर्दै पार्टीको माहोल बनाउन निर्देशन दिनु भयो । वडा कार्यालय स्थापना गरेकोमा खुसी लागेको भन्दै उहाँले ६ नम्बर वडा आफ्नो वडा पनि भएकाले संगठन राम्रो होस् भन्ने आफ्नो चाहना रहेको बताउनु भएको थियो । टोल कार्यसमिति गठन गर्दै कसरी कांग्रेसलाई मजबुत गर्न सकिन्छ, त्यतातिर ध्यान दिन नेताहरुलाई सुझाव दिनु भएको थियो ।

सहमहामन्त्री राठौरले कांग्रेसले नै देशको विकास गरेको बताउदै भन्नुभयो, देशमा जति पनि विकास भएको छ, त्यो नेपाली कांग्रेसले गरेको हो । पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला यही क्षेत्रबाट चुनाव जितेर जानुभयो, अहिले बाटाघाटा कसरी बनेका छन्, तपाईंहरुले देख्नुभएकै छ, विकास कांग्रेसले नै गर्छ ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले टोल टोलमा कांग्रेसको संगठन बनाउन लागे मात्रै कांग्रेसले सफलता हासिल गर्ने बताउनु भएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता र नगर सभापति प्रशान्त विष्टले वडा नम्बर ६ मा एमालेको किल्ला तोड्दै कांग्रेसलाई जिताउने वातावरण बनाउन प्रत्येक क्रियाशील सदस्य कटिबद्ध भएर लाग्नुपर्ने बिचार व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु राजकुमार बर्मा, माया पुन, प्रदेश २ ख का सभापति जितेन्द्र हमाल लगायत नेता कार्यकर्ताको उपस्थिति थियो भने वडा सभापति जमालुद्दिन वागवानको सभापतित्वमा भएको कार्यक्रममा तरुण दल बाँकेका उपाध्यक्ष मनिषराज रेग्मीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव दिलिप रेग्मीले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार