मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र पठाउन माओवादी केन्द्रको डेडलाइन

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

काठमाडौँ । माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रका पठाउन डेडलाइन तोकेको छ । भदौ १६ गते देखि ७५३ वटै पालिकाको वडामा सञ्चालन भएको तीन महिने अभियान बिचमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले एक महिना थपेको छ । 

अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन सातै प्रदेशलाई डेडलाइन दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन् । उनका अनुसार सातै प्रदेशबाट प्रतिवेदन आउने क्रम जारी रहे पनि तीन महिनाको समीक्षात्मक प्रतिवेदन तयार हुने छैन । सबै पालिकाबाट आएका समीक्षात्मक प्रतिवेदन केन्द्रमा आएपछि पदाधिकारी बैठक बसेर थप निर्णय हुने उनले जानकारी दिए । 

‘थपिएको एक महिनासहितको समीक्षात्मक प्रतिवेदन आएपछि पदाधिकारी बैठक बसेर थप कार्यक्रम तय हुन्छ । सातै प्रदेशबाट प्रतिवेदन आउने क्रम जारी छ । तर तीन महिनाको अभियानको गतिविधिलाई हेरेर समीक्षात्मक बैठक बस्ने योजना छैन । पुस १६ भित्र प्रतिवेदन पठाउन सातै प्रदेशमा डेट लाइन दिएका छौँ’, उनले भने । अभियानको कार्यपालिका थप लम्ब्याउने विषयमा कुनै छलफल नभएको ढकालले बताए ।

 साउन तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले भूगोल र गैर भूगोलका इन्चार्जको जिम्मेवारी फेरफेर गरेको थियो । बैठकको निर्णय अनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यलाई इन्चार्ज बनाएको थियो । यस्तै गैर भूगोल प्रदेशअन्तर्गत उपत्यका विशेष इन्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय प्रदेशमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्कीलाई इन्चार्जको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार