मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सुदर्शन बरालले लुम्बिनी प्रदेश अध्यक्षबाट दिए राजीनामा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
१० मंगशिर २०७९, शनिबार

बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा नरहे पनि अविचलितरुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पुरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले विविध कमीकमजोरीका वावजुद सत्ता गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् । पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट वाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्बोधन गर्न नसकेको लगायत कारण रहेको बरालले उल्लेख गरेका छन् ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो ।

यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा कांग्रेसले ३३, माओवादीले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक क्षेत्र भागबण्डा गरेका थिए । तर माओवादी केन्द्रले ५ सिट मात्र जितेको छ । माओवादीका बागी स्वतन्त्र उम्मेदवारले ३ क्षेत्रमा जितेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार