मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

पूर्वमन्त्री अधिकारी मुछिएको घुसकाण्ड छानबिन गर्न समिति गठन

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पूर्वमन्त्री बलराम अधिकारी मुछिएको घुसकाण्डको छानबिन गर्न अध्ययन समिति बनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयमै कार्यरत सहसचिव ध्रुव घिमिरे, उपसचिव रोशनशंकर घिमिरे र कानून अधिकृत ध्रुव भण्डारी रहेको समिति गठन गरेको हो ।

मन्त्रालयले बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्ति जोडिएको विषय छानबिन गर्न भनेको हो । भूपतिबज्र लामामाथि तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई घुस खुवाएर नियुक्ति लिएको आरोप छ ।

चुनाव गराउन गठित अन्तरिम सरकारले नै गत माघको दोस्रो साता विभिन्न अनियमिततामा मुछिएको एवं पदीय आचरण विपरीत काम गरेको आरोपमा चिनियाँ लामा भुपति बज्रलामालाई पदमुक्त गरेको थियो ।

भूमी व्यवस्थामन्त्री डा. कुमार इङ्नामले आफूकहाँ उजुरी परेपछि छानविन गरेर निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए । गुठी संस्थानले उनीमाथि मुख्यरुपमा चारवटा आरोपहरू लगाएको थियो । नियुक्त भएपछि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन गरेको, गुम्बामा नबसेको अनि पदिय आचरण विपरीत काम गरेको भन्ने आरोपका आधारमा संस्थानले उनलाई पदमुक्त गरेको हो ।

पदमुक्त गर्नुअघि उनलाई संस्थानले स्पष्टिकरण सोधेको थियो । जवाफमा लामाले आफूमाथि विभिन्न सञ्चारमाध्यम र अरुले अपुष्ट लाञ्छना लगाएको आरोप लगाएका थिए । उनीमाथि नियुक्तिका लागि तत्कालीन भूमी, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई घुस बुझाएर चिनिया लामा पद लिएको आरोप लागेको थियो । उनीसँग नेपाल र हङकङको परिपत्र भेटिएको भनी मन्त्रालयले गुठी संस्थानलाई छानबिन गर्न भनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार