मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
६ चैत्र २०८१, बुधवार

बाँके । नेपालगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा देवार्चना अधिकारीसहित प्यानलै निर्वाचित भएको छ । उनी एमाले निकट अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेकि थिईन। नेपाल बिद्यार्थी संघकी शुरेसमा थारुलाई पराजित गर्दै २ सय ३४ मतका साथ अधिकारी निर्वाचित भएको क्याम्पसका सूचना अधिकारी सरोज हरिजनले जानकारी दिनु भयो।

अध्यक्षमा निर्वाचित भए पछि आज बुधबार नेपालगंजमा निकालिएको विशाल बिजय र्यालीलाई सम्बोधन गर्दै अधिकारीले विद्यार्थीहरुको हित र कल्याणका लागि वकालत गर्ने र त्यस दिशामा संयन्त्रलाई चलायमान बनाउने उद्देश्य राखेको स्ववियु पछिल्लो समय राजनीतिक संगठनहरुका राजनीतिक अभिष्ट पूरा गर्न मात्रै प्रयोग गर्न थालिएका कारण वास्वविक रुपमा विद्यार्थीको स्वतन्त्र संगठन बन्न सकिरहेको छैन।

पाठ्यक्रमद्वारा निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा शिक्षण सिकाई क्रियाकलापमा सिर्जनात्मक तथा रचनात्मक रुपमा काम गर्नुपर्ने स्ववियु आज विभिन्न विकृति र वादहरुका कारण बन्धक बनरिहेको छ।

यसकारण कुनै पनि वाद, सिद्धान्त र विचारहरुको बन्दी नबनाइ स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न र सबैको साझा प्रतिनिधिको रुपमा प्रभावकारी काम गर्ने गरी बिद्यार्थी साथीहरुले मलाई निर्वाचित गराएको बताउनु भयो । उहाँले चुनाव जित्नका लागि सबैको प्रिय हुन पनि जरुरी रहेको जिकिर गर्नु भयो ।

यस्तै सचिवमा अनेरास्ववियुकै ईशा पौडेल र कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भएका छन् । उनीहरु पनि अनेरास्ववियुकै रहेको बताइएको छ । यसैगरी सदस्यहरुमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही, यशोदा खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार