मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारबाही गर्न माग गर्दै नेपालगञ्जमा प्रदर्शन

महमूद आलम खान 1133+ समाचार ( )
आन्दोलनकारीको माग प्रति गम्भीर बन्न मानव अधिकारवादीहरुको अपिल
१ वैशाख २०७९, बिहीबार

बाँके । गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् ।

सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् ।

सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो ।

उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो ।

गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको थियो ।

सो कार नेपालगञ्ज १० का रेष्टुरेन्ट व्यवसायी २८ वर्षिय इन्द्र बहादुर थापाले मदिरा सेवन गरेर चलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार विपी चोक र धम्बोझीको विचमा पर्ने सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई थापाले मदिरा सेवन गरेर चलाएको कारले ठक्कर दिंदा मृत्यु भएको थियो ।

कार चालकलाई जोगाउने प्रयास भैरहेको जानकारी पाएर आफुहरु बाध्य भै आन्दोलनमा उत्रिनु परेको मृतक समिमा ईद्रिसीका भाई नईम ईद्रिसीले बताउनुभयो । उहाँले ती चालकलाई जोगाउने हो भने उनले फेरी पनि अरुलाई यसरी नै मदिरा सेवन गरेर गाडी चलाएर मार्ने बताउनुभयो । मृतकका आफन्त र स्थानीयले गरेको ओन्दोलनका कारण जमुनाहा कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्ड अवरुद्ध हुँदा उक्त सडकमा आवागमन गर्ने सवारी साधन ठप्प भएका छन् । आन्दोलनकारीले विभिन्न नारा लगाउँदै आन्दोलन गरिरहेका छन् । मृतकका आफन्तहरुले धर्ना समेत दिईरहेका छन् ।

यता मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले सामाजिक संजाल मार्फत पिडितलाई न्यायको अनुभूति गराउन तर्फ भुमिका निर्वाह गर्न अपिल गर्नु भएको छ । उहाँले ट्राफिक प्रहरी कमाउने धन्धामा लागेको कारण नेपालगञ्जमा दुर्घटना बढ्दै गएकोले कमाइ धन्दा बन्द गरेर जनताको सुरक्षाका निम्ति खटन अपिल गर्नु भयो । खानले अन्दोलनमा बसेका व्यक्तिहरु ब्रत बसेकोले गृह प्रशासनलाई आन्दोलनकारीको मागलाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरी अन्दोलन फिर्ता लिन लगाउन भुमिका निर्वाह गर्न अपिल गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार