मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

डुडुवा गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु

महमूद आलम खान 1133+ समाचार ( )
चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ ।
२७ पौष २०७८, मङ्गलबार

बाँके । चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ । 

गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार एक कार्यक्रमका विच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो । 

त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ सैययाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताउनुभयो । 

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । 

आज १ सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिडडुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरि घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार