मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको छ : प्रधानमन्त्री ओली

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताउनुभएको छ ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी सम्बन्धको आधार रहेको स्पष्ट गर्नुभयो ।

“नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ । चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वासनीय विकास साझेदार पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्त्व दिन्छौँ । यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन् । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो । यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ ।”

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताउनुभयो । उहाँले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनःपुष्टि भई बेल्ट एण्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा सङ्कल्पलाई मजबुत बनाएको जनाउनुभयो ।

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पुर्‍याएको तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रबलीकरण जस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“नेपालले हाम्रा सीमामा रहेका हिमालय र नाजुक पर्यावरणीय प्रणालीको संरक्षणमा चीनसँगको सहकार्यलाई उच्च प्राथमिकता दिन्छ । यसै वर्ष सम्पन्न पहिलो सगरमाथा संवाद यस दिशातर्फको सार्थक कदम थियो । हालै लिङ्गदे खोलामा आएको बाढीले सीमाका दुवै छेउमा व्यापक क्षति पुर्‍यायो।यसले विपद् पूर्व तयारी, प्रारम्भिक सूचना प्रणाली र दिगो हिमाली विकासमा संयुक्त प्रयासको आवश्यकता झनै बलियो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल चीनले राष्ट्रिय पुनरोदय र आधुनिकतामा हासिल गरेको अद्वितीय उपलब्धिहरूको उच्च सम्मान गर्दछ । करोडौँ मानिसहरूलाई गरिबीबाट मुक्त गर्नु, नवप्रवर्तन र दिगो विकासमा अग्रणी बन्नु र अन्तर्राष्ट्रिय सहकार्यमा नेतृत्वदायी भूमिका खेल्नु यी सबै विश्वका लागि प्रेरणादायी छन् । यी उपलब्धिहरूले चीनलाई मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्वलाई स्थायित्व र प्रगतिमा योगदान दिएका छन् । हामी पनि यिनै प्रेरणाबाट समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षातर्फ अघि बढिरहेका छौँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार