रास्वपा महाधिवेशन : उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

यूथ टुडे समाचारदाता 3443+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरू उम्मेदवार बन्न नपाउने भएका छन् ।

रास्वपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जनाएको हो ।

निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ । यस्तै अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्ताव र २१ जना समर्थक चाहिन्छ ।

प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख छ । एक जनाको प्रस्तावक बसेपछि अर्को व्यक्तिको प्रस्तावक बस्न नपाइने तर समर्थक बस्न पाइने छ । प्रस्तावक र समर्थक हुने व्यक्ति पार्टीको महाधिवेशन प्रतिनिधि भएकै हुनुपर्ने छ । 

निर्वाचन आयोगको नियम विपरीत उम्मेदवारी मनोनयन फारम दाखिला हुन आएमा उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनुपर्दछ ।

पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । प्रतिनिधि सम्बन्धी विवादका कारणले आज सकिनुपर्ने महाधिवेशन लम्बिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार