बाँके । नारी तथा बालबालिका कल्याण समितिको आयोजना एवं नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा महिलाको पाठेघरको मुखको सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिबिरको उदघाटन गर्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले शिविरबाट पाठेघरको समस्या भएका महिलाहरु लाभांविन हुने बताउनु भयो । उहाँ भन्नुभयो वडाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको जिकिर गर्नु भयो । यस्तै वडा सदस्य इन्दीरा शाहीले वडाबासीहरुको मागका आधारमा वडाको सहयोगममा सो शिविर राखिएको बताउनु भएको थियो ।
कल्याण समितिका अध्यक्ष राधा महतराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहम्म्द सफिक बेहना , अतिथिहरुमा वडा सदस्य इन्दीरा शाही, मेनका बैद्य, जयपत्रा कोरी वडा नं. ५ कि सदस्य मन्जु नेपाली, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक जया उपाध्याय, राप्रपाका नेता रबि बर्मा, डा. फरहत बानो, डा.सकिल अहमद लगायत रहनु भएको थियो ।
नेपालगंज उपमहानगरपालिका वड़ा नं ४ मा संचालित शिविरमा १०० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको कल्याण समितिका सचिव पिंकी बेहनाले जानकारी दिनु भयो । पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षक स्त्रीरोग बिशेषज्ञ चिकित्सक डा फरहत बानोले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताउनु भएको थियो ।
उहाँले बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको बताउनु भयो । शान्ता श्रेष्ठले स्वागत गरेको कार्यक्रममा स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।