मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरमा ३० प्रतिशत छुटमा तालिम दिदै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

बाँके । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सीप अनिवार्य गरिएसँगै दक्ष भएर विदेशिनेको संख्या बढ्दै गएको छ।

लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका निर्देशक भोदुराम थारुले सकेसम्म वैदेशिक रोजगारमा जानु नपर्ने गरी सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न आग्रह गर्नुभएको छ। जानै पर्ने अवस्थामा पनि सीपसहित मात्र विदेश जानु उपयुक्त हुने उहाँको भनाइ छ।

लियानाले नेपालगञ्जमा कार्यालय स्थापना गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै विभिन्न उद्यमशिलता विषयमा तालिम दिने तयारी गरेको जनाएको छ। साउन १ गतेबाट सुरु हुने तालिममा सहभागी हुनेलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई सुरक्षित गन्तव्यमा पठाइने पनि लियानाले जनाएको छ।

थारुले सीपसहित विदेश जानाले तलब बढी हुने, लागत कम लाग्ने र सुरक्षित वातावरणमा काम गर्ने अवसर पाइने बताउनुभयो। साथै, विदेशबाट फर्किएपछि सोही सीपको उपयोग स्वदेशमा पनि गर्न सकिने उल्लेख गर्नुभयो।

लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि.का अध्यक्ष दीपा खत्रीले पेसागत सीपले विदेश मात्र होइन, स्वदेशमै पनि रोजगारी सिर्जना गर्ने भएकाले सीप सिक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर र पश्चिम नेपालमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा छन्। सरकारको रोजगारमूलक सीप विकास तालिम कार्यविधि, २०७५ अनुसार अब वैदेशिक रोजगारमा जान सीपयुक्त प्रमाणपत्र अनिवार्य हुने नीति लागू भइसकेको जानकारी पनि दिइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०८०/८१ को असार मसान्तसम्म ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। बाँकेबाट मात्रै ६ हजार ६६० जना श्रम स्वीकृति लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार