मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

२६ लाख नगदसहित पक्राउ परेका अधिकृतलाई अख्तियारको जिम्मा लगाइयो

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

काठमाडौँबाट आएका बिशेष प्रहरी टोली र नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् । सापकोटा माथि थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले अख्तियारको जिम्मा लगाएको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार